टोकियो ।
प्रधानमन्त्री शिन्जो आबेले शुक्रबारबाट कोरोना भाइरस नियन्त्रणको अति आवश्यक बाहेक एउटा प्रिफेक्चरबाट अर्को प्रिफेक्चरमा जानको लागि लगाइएको प्रतिबन्ध फिर्ता लिएका छन् ।
हामी सामाजिक र आर्थिक गतिविधिहरु पुर्नस्थापना गर्नको लागि जोड दिइरहेका छौ । एउटा प्रिफेक्चरबाट अर्को प्रिफेक्चरमा जानको लागि अब प्रतिबन्ध लगाइने छैन । प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरस कार्यदलको बैठकमा भने ।
मे महिनाको अन्तिममा आपतकालिन फिर्ता लिए पनि जापान सरकारले अति आवश्यक बाहेक विभिन्न स्थानहरुमा एक प्रिफेक्चरबाट अर्को प्रिफेक्चरमा यात्रा नगर्न अनुरोध गरेका थिए ।
जापानक प्रिफेक्चरहरु मध्ये हालसम्म टोकियोमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जापान सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रण र आर्थिक पुनर्स्थापना गर्नको लागि सन्तुलन मिलाउने काममा जोड दिइरहेको छ । सरकारले दोस्रो चरणमा कोरोना भाइरस फैलिनबाट जोगाउनको लागि समेत विभिन्न योजनाहरु बनाइरहेको छ ।