कोरियाली जेलमा रहेका १५ नेपाली सहित २३६ नेपाली स्वदेश फर्के !

कोरिया आज

सिओल

तीन महिनादेखि कोरियामा जेलमा रहेका १५ जना नेपाली आज स्वदेश फर्किन पाउने भएका छन्।

विभिन्न कारणले पक्राउ परेका उनीहरुलाई नेपालले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न सकेको थिएन।

कोरियामा अवैधानिक रुपमा बसेका तथा अरुकै पासपोर्टमा गलत बाटो हुँदै कोरिया आएका उनीहरुलाई यहाँको सरकारले पक्राउ गरेको थियो।

यहाँ अलपत्र नेपालीलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघले समन्वय गरेर व्यवस्था मिलाइएको कोरियन एयरमा उनीहरुलाई नेपाल पठाउन लागिएको संघका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।

दूतावासको सम्पर्कमा आएका १४ जना र संघको सम्पर्कमा आएका १ जना गरी १५ जना फर्किन पाउने भएपनि १ जना भने ढिलो सम्पर्कमा आएका कारण अस्पतालले कोरोना रिपोर्ट समयमा दिन नसक्ने बताएपछि फर्किन नपाउने भएका छन्।

उनीहरूबाहेक अन्य तीन जना नेपाली कोरियाको जेलमा रहेको अनुमान गरिएपनि उनीहरुलाई सम्पर्कमा ल्याउन नसकिएको सुवेदीले बताए।

२ सय ३६ नेपाली फर्किँदै
कोरियामा अलपत्र २ सय ३६ जना नेपाली शनिबार बिहान ५ बजे कोरियाबाट नेपाल प्रस्थान गर्दैछन्। लामो समयदेखि नेपाल फर्किन पाउँ भनी नेपाली दूतावासमा अनुरोध गर्दै आएका उनीहरूलाई गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले नेपाली कामदार लिन नेपाल जाँदै गरेको विमानमा फर्काउने व्यवस्था मिलाएको हो।

बिरामी, सुत्केरी, जेलमा रहेका र अन्य जटिल समस्यामा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर फर्किने व्यवस्था मिलाइएको संघले जनाएको छ। सबै नेपाली आफ्नै शुल्कमा फर्किन लागेको दूतावासले जनाएको छ।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *