टोकियो
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक दल (एलडीपी)ले कन्भेनियन्स स्टोरमा फूल टाइम काम गर्न दिने प्रस्ताव ल्याएको छ ।
पार्टीको विशेष समितिले बुधवार नयाँ भिसा प्रणाली अन्तर्गत सरकारले विदेशीहरुलाई कन्भेनियन्स स्टोरमा फूल टाइम काम गर्न दिन सक्ने प्रस्ताव ल्याएको हो ।
अहिले कन्भेनियन्स स्टोरहरुले जापानमा पठनपाठन गरिरहेका विदेशी तथा आश्रित भिसा लगायतलाई काममा राख्न सक्छन् । त्यो पनि हप्तामा बढीमा २८ घन्टाभन्दा धेरै नहुनेगरी पार्ट–टाइम कामको लागि मात्रै ।
कार्यस्थलमा विशेषगरी नेतृत्व क्षमता देखाउन सक्ने विदेशीहरुलाई पूmल टाइम काम गर्ने अनुमति दिन सक्ने अपेक्षा उद्योगले गरेको छ । यस्तो अवस्थामा नयाँ भिसा प्रणाली अन्तर्गत अन्य देशबाट जापानमा आउने विशेष सिप भएका विदेशीहरुलाई पूmल टाइम कर्मचारीका रुपमा राख्न सक्ने उद्योगको सूचिमा कन्भेनियन्स स्टोरलाई समेत थप्न सरकारलाई सुझाव दिने निर्णय समितिले गरेको हो ।
दक्ष सिप भएका विदेशी कार्यबलले काम गर्न पाउने उद्योगमा ट्रक चलाउन र औद्योगिक फोहोर व्यवस्थापन उद्योगलाई थप्न पनि सरकारलाई समितिले सुझाव दिने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण जागिर पाउन मुस्किलको सामना गरिरहेको विशेष सिप भएका तथा प्राविधिकप्रशिक्षार्थीहरुलाई यस अघि उनीहरुले काम गरिरहेको भन्दा अन्य क्षेत्रमा काम गर्न अनुमति दिने विशेष कानूनलाई अध्यागमन सेवा निकायले यथावत् राखोस् भन्ने सुझावलगायत अन्य सुझावहरु समेत रहेको छ ।नेपाली ईन जापान