कोरोना भाइरस सार्दिर्ने धम्की दिंदा ६८ बर्षिय पुरुष पक्राउ

जापान समाचार

इबाराकी

इबाराकी प्रिफेक्चरको युकी शहरमा प्रहरीले सुपरमार्केटमा कोरोना भाइरस सार्दिन्छु भनेर धम्की भन्ने ६८ बर्षिय पुरुषलाई नियन्त्रणमा लिएको छ ।

ति ब्यक्तिको यस्तो व्यवहारले गर्दा सुपरमार्केट केहि समयको लागि बन्द समेत गरिएको थियो ।

प्रहरीको अनुसार तोसीअकि फुरुकावा नामका ति पुरुष जुन ३ तारिक बिहान ८:४० मा सुपरमार्केट छिरेका थिए ।

म कोरोना भाइरस संक्रमित ब्यक्ति हु, म यो सुपरमार्केटमा कोरोना भाइरस सार्दिन्छु ।भन्दै मास्क खोलेर हाछ्यु गरेको सुपरमार्केटका एक जना कर्मचारीले सान्केइ सिन्बुनलाई बताए ।

फुरुकावाले यस्तो गतिबिधि गर्दा सुपरमार्केटमा अन्य ग्राहकहरु पनि रहेको र केहि समयको लागि सुपरमार्केट बन्द गर्नुपरेको थियो ।

सुपरमार्केटमा रहेको सीसीटिभी क्यामेराको सहयोगमा फुरुकावालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । तर फुरुकावाले भने आफुले केहि पनि याद नभएको भन्दै आफुलाई लागेको आरोप स्वीकार गरेका छैनन् ।

फुरुकावालाई साच्चैको कोरोना भाइरस संक्रमण छ वा छैन भन्ने बारेमा भने कुनै पनि खुलासा भएको छैन । Nepali In Japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *