सोल –
पछिल्ला दिनहरुमा कोरियाली प्रायद्वीपमा भइरहेको तनाव मथ्थर पार्न नसकेको भन्दै दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन छलले दिएको राजिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनले स्विकृत गरेका छन् ।
राष्ट्रपति मुनले समस्यालाई झन खराव हुन नदिन पहल गर्न भनेको केही दिनमा छलले राजिनामा दिएका थिए । राष्ट्रपति मुनले आफ्नै निवास छङ्वादेमा आज उनको राजिनामा स्विकृत गरेका हुन् ।
विहिवार रात्री भोजन सँगै गरेका राष्ट्रपति मुनले किमको विकल्प बारे तत्काल केही खुलाउन चाहेनन् ।
दक्षिण कोरियाली समाचार संस्था द कोरिया टाइम्सका अनुसार हालका एकिकरण राज्यमन्त्री सु हो आगामि कार्यकालका लागि एकिकरण मन्त्रीको रुपमा आउन सक्ने छन् ।
हाल दक्षिण कोरियाली सञ्चार माध्यमहरुमा एकिकरण मन्त्रीका रुपमा सांसद ली इन योङ तथा मुनका सचिवालय सदस्य समेत रहेका इम जोङ स्योकको चर्चा पाइन्छ । यद्यपि उक्त विषयमा मुनले फराकिलो निर्णय लिन सक्ने समेत बताइएको छ ।
हालै मुनले राष्ट्रिय सुरक्षा परिषदका निर्देशक चुङ इवी योङ तथा राष्ट्रिय इन्टेलिजेन्स सेवाका निर्देशक सु हुनलाई जिम्मेवारीबाट पदमुक्त गरि अरुलाई नै नियुक्त गर्ने योजना भएको बताईएको छ।