गुरुदत्त न्यौपाने / सउल
ईन्छन अन्तरास्ट्रिय विमानस्थल कर्पोरेशनले दक्षिण कोरियाको ईन्छन अन्तरास्ट्रिय विमानस्थलमा सुविधासम्पन्न स्वचालित ज्वरो नाप्ने रोवोट प्रयोगमा ल्याएको छ।
कोरोना भाईरसको सङ्क्रमण जोखिम लाई मध्यनजर गर्दै एयरपोर्ट अपरेटर द्वारा एयरपोर्टको डिपाचर हलको टर्मिनल १ र २ मा उच्चस्तरिय प्रविधिको प्रयोग गरिएको किसोक नामक स्वचालित ज्वरो नाप्ने रोवोट सन्चालनमा ल्यायको छ।
एयरपोर्ट टर्मिनल १ मा चारवटा र टर्मिनल २ मा १ वटा रोवोट मार्फत यात्रुहरुको ज्वरो नाप्न थालिएको एयरपोर्ट अधिकारीहरुले बताएका छन।
यात्रुहरुको ज्वरो उच्च देखिएमा रोवोर्टले आवाज सहित उच्च ज्वरो देखिएको एलर्ट म्यासेज स्कृनमा देखाउछ।प्रयोगमा ल्याईएका रोवोर्टले ज्वरो नाप्ने तथा यात्रुलाई हाते स्यानिटाईजर प्रदान गर्छन।
एयरपोर्टमा यस्ता उच्चतम प्रविधिको प्रयोग गरिएसंगै एयरपोर्ट कर्मचारीहरु थप सुरक्षित महशुस गरेका छन भने यात्रु यात्रु बिचको सम्पर्क कम हुने भएकोले कोरोना फैलावट रोक्न यो विधीले थप टेवा पुर्याउने एयरपोर्ट अधिकारीहरुको विश्वास छ।