एप्पल वाचको ५ वर्ष, बिक्री भए ७ करोड स्मार्टवाच

सुचना/प्रविधि

प्रविधि

एप्पलले सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको हो ।

यो वर्ष एप्पलको स्मार्टघडी एप्पल वाचले पाँच वर्ष पूरा गरेको छ र यसबीचमा कम्पनीले विभिन्न संस्करणका घडी बजारमा ल्याइसकेको छ ।

पछिल्लोपटक गत सेप्टेम्बरमा एप्पलले पाँचौँ संस्करणको एप्पल वाच ल्याएको थियो, जसले बजारमा व्यापक लोकप्रियता हासिल गरिरहेको छ ।पछिल्लो आधा दशकमा एप्पलले विश्वको स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।

आगामी ३ महिनाभित्रमा एप्पल वाचको बिक्रीले १० करोडको कोशेढुङ्गा पार गर्ने एक रिपोर्टले देखाएको छ ।मार्केट एनालिसिल कम्पनी क्यानालिसको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा पनि एप्पल विश्व स्मार्टवाच बजारमा पहिलो स्थानमै रहन सफल भएको छ । यद्यपि गत वर्षको सो अवधिको भन्दा एप्पल वाचको बिक्रीमा १३ प्रतिशतको गिरावट आयो ।

विश्व स्मार्टवाच बजारमा ३६.३ प्रतिशत हिस्सा ओगटेको एप्पलले सन् २०२० को पहिलो त्रैमासिकमा ५२ लाख गोटा स्मार्टवाच बेच्न सफल भयो ।साथै यसबीचमा एप्पलको वाच आईओएसका थप ४० लाख सक्रिय प्रयोगकर्ता थपिएका छन् । त्योसँगै एप्पलको वाच आईओएसका प्रयोगकर्ता ७ करोड पुगेका छन् ।

रिपोर्टअनुसार युरोपमा र उत्तर अमेरिकामा चाहिँ एप्पलले आफ्नो स्मार्टवाचको अपेक्षित बिक्री गर्न सकेन । अमेरिकी तथा युरोपेली प्रयोगकर्ताहरुले एप्पल घडीको साटो एयरपड्सलाई आफ्नो अत्यावश्यकीय ग्याजेटका रुपमा खरिद गर्न थालेका कारण ती भूगोलहरुमा एप्पल वाचको बिक्री अपेक्षित हुन नसकेको छ । तर दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा चाहिँ एप्पल वाचले उल्लेख्य रुपमा बिक्री हुन सफल भएको छ ।

रिपोर्टअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा एक करोड ४३ लाख गोडा स्मार्टवाच बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो त्रैमासिकमा विश्व बजारमा एक करोड २७ लाख गोटा स्मार्टवाच बिक्री भएका थिए ।

यो वर्षको पहिलो त्रैमासिकमा बजार हिस्साको हिसाबले दोश्रो स्थानमा हुवावे परेको छ । हुवावले स्मार्टफोन बजारको १४.९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै तेश्रो स्थानको सामसुङ र चौथो स्थानको गार्मिनले पहिलो त्रैमासिकमा गत वर्षको सोही अवधिको भन्दा क्रमशः ४६ र ३९ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएका छन् । यी दुई ब्राण्डले युरोप र उत्तर अमेरिकी बजारमा राम्रो प्रदर्शन गर्न सफल भए ।

लोकप्रियताको पाँचौ स्थानमा गुगल स्वामित्वको फिटबिट रहेको छ । फिटबिटले पहिलो त्रैमासिकमा ९ लाख स्मार्टवाच बेच्न सफल भएको छ । जुन कुल बजार हिस्सा ६.२ प्रतिशत हो ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *