उत्तर कोरियाले दक्षिण कोरियाली रास्ट्रपती मुन विरोधी १ करोड २० लाख पर्चा ३ हजार वेलुन मार्फत सउल पठाउदै !

कोरिया आज

सोल

उत्तर कोरियाले दक्षिण तर्फ सोल विरोधी नारा तथा तस्विर समेटिएका करिव १ करोड २० लाख पर्चा पम्प्लेटहरु ३००० बेलुनको साहायतामा दक्षिण तर्फ पठाउने तयारी गरेको छ ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार उसले ती पर्चाहरु दक्षिण कोरियाको सिमा क्षेत्रबाट उडाउने भएको हो । समाचारमा भनिएको छ- ‘ यो समय दक्षिण कोरियालाई सजाय दिने समय हो ।

‘ उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी सोलमा उत्तर कोरियाबाट देश निकाला गरिएका ( नागरिकहरुले गरेको प्रदर्शन मथ्थर पार्न दक्षिण कोरियाले निर्णायक भुमिका नखेलेको आरोप लगाउदै दक्षिण बिरोधी पर्चा उडाउने चेतावनी दिइरहेको बेला उक्त समाचार बाहिर आएको हो उत्तर कोरियाले भनेको छ-

‘ हामीले देशका विभिन्न प्रिन्ट हाउसबाट १ करोड २० लाख पर्चा छाप्ने काम सकेका छौँ , अब तिनलाई विभिन्न , क्षमताका ३००० बेलुनमा राखेर उडाउने छौँ जसले दक्षिण विरोधी पर्चा दक्षिण कोरियाका गाउँ गाउँ सम्म पुर्याउने छन् । ‘ उसले थप भनेको छ- ‘ अब दक्षिणले सजाय पाउने बेला आएको छ ।

‘ – पर्चा उडाउने यकिन मिति घोषणा नगरे पनि आगामी विहिवार उत्तर दक्षिण युद्धको ७० औं बर्षगाँठ भएका कारण उक्त समयमा उत्तरले पर्चा उडाउन सक्ने अनुमान गरिएको छ । यता दक्षिण कोरियाले उत्तर कोरियालाई त्यस किसिमका गतिविधि नगर्न बार बार सम्झाएता पनि दक्षिणको अनुरोधलाई निरन्तर नकारीरहेको छ ।

उत्तरले भनेको छ- ‘ दक्षिण कोरिया हाम्रो शत्रु हो र शत्रुलाई सजाय दिइन्छ । ‘ उसले पर्चावाजी रोक्न दक्षिणले गरिरहेको अनुरोध उत्तरले ठाडै नकार्दै आएको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया तर्फ उडाउन लागेका पर्चाहरुमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनको तस्विरलाई चुरोटका ठूट्टा तथा प्लाष्टिकको प्रयोग गरि कुरुप बनाइएको छ र त्यसमा दक्षिण विरोधि नारा लेखिएको छ ।हटपाटीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *