अनुमतिबिनै उडान गर्दै कोरियाको जीन एयर, अन्तर्राष्ट्रिय वायुसेवाको प्रवेशले बेथिति निम्तने

कोरिया जानाकारी

काठमाडौं

कोरियाको जीन एयरले नेपालमा चार्टर उडान गर्ने भएको छ।

तर, राजदूतावास र कूटनैतिक नियोगसँगको समन्वयमा गर्न लागेको यो उडानका लागि उक्त हवाई सेवा कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग भने हालसम्म कुनै पत्राचार नभएको सहसचिव सुरेश आचार्यले बताएका छन्।

‘कोरियाको जीन एयरले हालसम्म नेपाल उडान गरेको छैन। मिति नै तय गरिसकेको जानकारी पाइरहेका छौं। तर प्रक्रियाका लागि मन्त्रालयमा कुनै पत्राचार भएको छैन,’ उनले भने।

चार्टर उडानका लागि सरकारले अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली वायुसेवा कम्पनीलाई पहिलो प्राथमिकता दिएको छ। तर यतिखेर कहिल्यै नेपाल नआएका विदेशी वायुसेवा कम्पनी आउँदा नेपाली वायुसेवा कम्पनीलाई प्रतिकूल प्रभाव पर्नुका साथै भाडादरमा पनि प्राइसवार सुरु हुने उनले बताए।

‘यो अवस्थामा चार्टर उडानका लागि सरकारले नेपाली वायुसेवा कम्पनीलाई प्राथमिकता दिएको छ। उडान तालिका निश्चित गरिएको छ। उडानका लागि वायुसेवा कम्पनी हुँदाहुँदै पनि विदेशी वायुसेवा कम्पनीलाई यसरी बढावा दिनु उपयुक्त मानिँदैन,’ सहसचिव आचार्यले भने।

नेपालका लागि नयाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहजै उडान प्रवेश गर्न दिइएको अवस्थाले निकट भविष्यमा मुलुकको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने उनले बताए। ‘यसरी आधिकारिक निकायको अनुमतिबिनै विदेशी वायुसेवा कम्पनी नेपाल प्रवेश गर्ने हो भने त निकट भविष्यमा जो पनि जतिखेर पनि आउन सक्छन्,’ उनले भने।

जीन एयरले आउँदो ३० तारिखमा कोरियाको इन्छन-काठमाडौं-इन्छन उडान गर्ने तयारी गरेको छ। दक्षिण कोरियास्थित नेपाली राजदूतावास र दक्षिण कोरियाकै गैरआवासीय नेपाली संगठनको समन्वयमा हुन लागेको यो उडान व्यनवस्थापन नेपाल टुर कम्पनी र लिंक एसिया टुर्सले व्यवस्थापन गर्ने भएका छन्। विजमान्डु बाट शाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *