जापानको एअरपोर्ट क्वारेन्टायनमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै

जापान समाचार

टोकियो

जापानका एअरपोर्ट क्वारेन्टायनहरुमा धेरै व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण फेला परिरहेको छ । यधपि जापानको अन्य शहरहरुमा भने कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घटिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभर लगाइएको आपतकाल मे २ ५मा फिर्ता लिए यता एअरपोर्टको क्वारेन्टायनमा १३१ जनामा कोरोना भाइरसको संक्रमणपुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका १३१ व्यक्तिहरु मध्ये ७० प्रतिशतहरु बिदेशी नागरिकहरु रहेका छन् । आपतकाल फिर्ता लिएको हुनाले कोरोना भाइरस संक्रमणको वृद्धि भएको विज्ञहरुको भनाइ छ ।

अन्य देशहरुमा कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भएको र त्यस देशबाट आउने व्यक्तिहरुको संख्या धेरै भएको हुनाले पनि एअरपोर्ट क्वारेन्टायनमा कोरोना भाइरस संक्रमणको संख्या धेरै देखिएको हो ।

जापान सरकारले कोरोना संक्रमणको संख्या कम भएको देशबाट पहिलो चरणमा ब्यबसाय गर्ने व्यक्तिहरुलाई मात्रै आउने दिने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *