योकोहामा ।
यामातोले सार्वजनिक स्थलमा हिड्दा खेरि मोबाइलको प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ । यामातो शहर बिहिवार यस्तो प्रतिबन्ध लगाउने पहिलो जापानी शहर बनेको छ ।
खानागावा प्रिफेक्चरमा शहरको संसदमा मस्यौदा पारित भएपछि कानून आगामी बुधवार कार्यान्वयनामा आउनेछ । यद्यपि, यो नियमको उल्लंघन गर्नेहरुलाई कुनै पनि जरिवाना भने लगाइने छैन ।
चल्दा खेरि स्मार्टफोनको प्रयोग गर्नु हुन्न भन्ने कुरा मानिसहरु बुझ्छन् भन्ने अपेक्षा शहरले गरेको छ । अध्यादेश अनुसार सडक वा पार्कमा स्मार्टफोनको प्रयोग गर्ने हो भने पैदलयात्रीहरु आवतजावतमा अवरुद्ध नहुने स्थानमा रोकिनु पर्नेछ ।
जनवरीमा शहरले २ स्थानमा ६ हजार पैदलयात्रीमाझ अध्ययन गरेको थियो । यस क्रममा करीब १२ प्रतिशत पैदलयात्रीहरु हिडिरहँदा स्मार्टफोनको प्रयोग गर्ने गरेको पाइयो ।
सर्वेक्षण पछि जुन १ मा शहरको संसदमा मस्यौदा अध्यादेश पेश गरिएको थियो ।