उत्तर कोरिया विरुद्द आन्दोलन गर्ने समुहलाई प्रहरीद्वारा छापा !

कोरिया जानाकारी

सोल

उत्तर कोरिया बिरोधि गतिविधि सञ्चालन गरेको आरोपमा दक्षिण कोरियाली प्रहरीले छापा मा’रेको छ । उत्तर कोरियाबाट देश निकाला गरिएकाहरुको समूहद्वारा सञ्चालित दुई वटा गैर सरकारी संगठनमा प्रहरीले शुक्रबार छापा मा’रेको हो ।

प्रहरीले सरकारी नियम पालना नगरेको तथा दुई देशमा द्वन्द निम्त्याउन खोजेको भन्दै उनिहरुको कार्यालयमा छापा मारेको हो । सोल महानगरिय प्रहरीबाट गएको विशेष प्रहरी टोलीले ति कार्यालयहरुमा छापा मारेको समाचारमा जनाइएको छ ।

स्वतन्त्र उत्तर कोरियाको नारा सहित पार्क साङ हकको नेतृत्वमा चलिरहेको उत्तर कोरिया विरोधी आन्दोलनका कार्यालयहरु गाङनाममा रहेका छन् । हाल ति कार्यालयहरुको नेतृत्व भने पार्कका भाई पार्क जुन होले गरिरहेका छन् । ‘ उत्तर कोरिया स्वतन्त्रताका यो’द्दा ‘ नाम दिईएको उक्त कार्यालयमाथि हिलियम बेलुनको साहायतामा उत्तर विरोधी सामाग्री त्यस तर्फ पठाएको आरोप लगाइएको छ ।

प्रहरीले विहान र दिउसो गरि दुई फरक समयमा दुइ वटा कार्यालयहरुमा छापा मारेको हो । केही कागजात फेला नपरे पनि प्रहरीले कार्यालयहरुमा सिलबन्दी गरेको छ । प्रहरीले ति कार्यालयहरुबाट महत्वपुर्ण कागजात फेला पार्ने सम्भावना रहेको जनाएको छ । कार्यालयमा छापा मारिएपछि संक्षिप्त प्रतिकृया दिदै नेता पार्कले भनेका छन्-

‘ भन्न नमिल्ला तर के दक्षिण कोरियामा लोकतन्त्र छ ? ‘ उनले – के दक्षिण कोरियामा लोकतन्त्र छ ? ‘ उनले अगाडी भनेका छन्- यो सरकारको घृणित कार्य हो । ‘ प्रतिकृयामा उनले अगाडी भनेका छन् मलाई दक्षिण कोरिया किम जोङ उनको गुलामी गरिरहेको आभाष भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *