फेसबुकलाइ सात अर्ब डलरको क्षति

जानाकारी

सियोल

एकाएक कम्पनीहरुले प्रचार गराउन छाडेपछि फेसबुकले ७ अर्ब डलर भन्दा बढी सम्पति गुमाएको छ ।

फेसबुकले घृणात्मक अभिव्यक्ति र गलत सूचना रोक्न उपयुक्त कदम नचालेको भन्दै ठुला कम्पनीहरूले प्रचार गर्न छाडेपछि फेसबुकको कारोबारसँगै मार्क जुकरबर्गको कुल सम्पत्तिमा समेत प्रत्यक्ष असर परेको हो ।

सामाजिक सञ्जाल फेसबुकको शेयर ८.३ प्रतिशतले घटेको बताइएको छ । पछिल्लो तीन महिनामा मात्रै फेसबुक यसप्रकारको नोक्सानीमा गएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बहुराष्ट्रिय कम्पनीहरूले फेसबुकमा प्रचार राख्न छाडेका छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभर पनि उक्त निर्णयमा पुगेको छ । युनिलिभरले यसवर्ष फेसबुकमा खर्च नगर्ने उदघोस गरेको छ।

‘ब्लुमवर्ग मिलिनियर इन्डेक्स’को रिपोर्ट अनुसार मार्क जुकरबर्गको कुल सम्पत्ति ८२.३ अर्ब अमेरिकी डलरमा समेत ह्रास आएको छ ।जुकरबर्गले शुक्रबार मात्रै फेसबुकको लोकप्रियतामा आएको गिरावट र अपनाउनुपर्ने सतर्कताका उपायबारे विशेष ध्यान पुगेको बताएका छन्।

राष्ट्रपतिको चुनावलाई लिएर मतदानसँग सम्बन्धित गोप्य सूचनाहरुको दुरुपयोग हुनसक्ने आँकलन गरिएको छ ।जुकरबर्गले अभिव्यक्तिमा विशेष निगरानी राख्नुपर्ने बहुराष्ट्रिय कम्पनीहरूको मागबारे विशेष प्रतिबद्धता जनाएका छन् । फेसबुकले घृणात्मक अभिव्यक्तिलाई समेत पुनर्परिभाषित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *