कोरियालाई G7 रास्ट्रमा सम्मिलित नगराउन जापानको दवाव !

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको आर्थिक सवलिकरण तर्फको यात्रा जी -७ मा जापानले तगारो हालेको छ ।

पछिल्ला दिनहरुमा उसले कोरियालाई जी -७ राष्ट्रहरुको सुचीमा नराख्न अमेरिकासँग लविङ गरिरहेको समाचारमा जनाइएको छ । जापानको उक्त कदम दक्षिण कोरियाका लागि नौलो भने नभएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियाको उत्तरसँग भइरहेको राजनितिक द्वन्दलाई आधार मानेर उसले आफू विरुद्ध लविङ सुरु गरेको दक्षिण कोरियाली अर्थविदहरुले बताएका छन् । जापानी समाचार संस्था क्योदो न्युजका अनुसार जापानले कोरियाको प्रवेशलाई समर्थन गर्ने छैन । जापानी उच्च सरकारी अधिकारीले ट्रम्पको चीन विरोधी निति अनुरुप आफूले उच्च आर्थिक हैसियत भएका मुलुकहरुको सुचीमा कोरियालाई समावेश नगर्ने निर्णयमा पुगेको । बताएका छन् ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरका लागि सारिएको जी -७ राष्ट्रहरुको महासभामा कोरिया , अष्ट्रेलीया , भारत तथा रसियालाई समेत सहभागी गराउने मनसाय प्रकट गरेका थिए । ट्रम्पले यी देशहरुलाई निम्ता दिएको यो पहिलो पटक हैन । उनले अब जी ७ लाई जी -११ अथवा जी -१२ बनाउने योजना रहेको समेत बताएका थिए । जापानको कोरियालाई जी ७ सम्मेलनमा सहभागी नगराउने निर्णय नौलो भने नरहेको दक्षिण कोरियाले प्रष्ट गरेको छ ।

उत्तर सँगको राजनैतिक सम्बन्ध तथा सिमामा भइरहेका अनेकौं द्वन्दका घटनाले कोरियालाई जी -७ राष्ट्रको सुचीमा राख्न जापानले हिचकिचाहट गरेको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *