कोरिया
कोरियामा २०२१ का लागि मजदुर को न्युनतम ज्याला निर्धारण गर्न बसेको समिति को दोस्रो बैठक मा मजदुर ट्रेड युनीयन (केसिटियु) ले कोरियामा मजदुर को न्युनतम ज्याला प्रतिघण्टा १०,७७० वन हुनुपर्ने माग राखेको छ ।
ज्याला निर्धारण समिति को अर्को बैठक भोलि २९ तारिख बस्ने भएको छ । ज्याला निर्धारण समिति मा सरकार पक्ष बाट ९ जना रोजगार दाता पक्ष बाट ९ जना र मजदुर पक्ष बाट ९ जना सहभागी रहने गर्छ्न।
सरकार पक्ष र कम्पनी व्यवसायी हरुले कोरोना को असर का कारण ज्याला बढाउन नसकिने भनेको छ भने मजदुर युनियन केसिटियुले कोरोना को महामारी मा सबै भन्दा बढ़ी मारमा कामदार पर्ने भएकोले न्युनतम ज्याला लिएर जिविकोपार्जन गर्ने यस्ता मजदुरको ज्याला धेरै हुनुपर्ने माग गरेको छ ।
गत बर्षपनी यूनीयनले १० हजार वोन प्रतिघण्टा माग गरेतापनी समितिमा रोजगारदाताको बहुमत हुदा कम ज्याला बृदि भएको थियो। त्यसैले आगामी बर्ष पनी बिभिन्न बहानामा ज्याला नबढ़ने यदि बढ़ीहालेपनी थोरै मात्र बढ़ने संकेत देखीएको छ।