सौल
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको छ। दक्षिण कोरियामा रहेका ३०० नेपाली फर्कनै पर्ने अवस्था रहेको दूतावासले जनाएको छ।
गत शनिबार कोरियन एयरले दक्षिण कोरियामा अलपत्र परेका २२८ जना नेपालीहरुलाई काठमाडौं ल्याएको थियो। उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको थियो।
कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल फर्कंनै पर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो।
अहिले कोरियास्थित नेपाली दूतावासमा ११ सय जनाभन्दा बढी नेपालीहरु विविध समस्यामा रहेको बताएको छ।