कोरियामा विदेशी कामदारको अभाव,हालसम्म २०२० मा २ हजारमात्र प्रवेश गरे !

कोरिया जानाकारी

सोल

कोरोना संकटका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरुमा कामदारको आभाव हुन थालेको छ ।

विदेशी आप्रवासी कामदारहरुमा निर्भर त्यस्ता कम्पनिमा कोरोनाका कारण आप्रवासी कामदार नपाईए पश्चात मजदुर संकट भएको हो । दक्षिण कोरियामा रहेका १,०६२ साना तथा मझौला उद्योगहरुले आप्रवासी

कामदारका लागि आवेदन दिएकोमा मागको ५२ प्रतिशतले मात्र कामदार व्यवस्थापन गर्न सकिएको साना तथा मझौला उद्योग व्यवसायीहरुले बताएका छन् । ति कम्पनिहरुमा काम गर्न ई -9 भिसा अन्तरगतका अदक्ष कामदार ल्याईने गरिएकोमा कोरोना महामारीका कारण कामदार संख्या अपुग भएका कारण सामानहरुको उत्पादन समेत पुर्ण क्षमतामा हुन नसकेको उनीहरुले बताएका छन् ।

कम्पनिका अनुसार कोरोना संक्रमणका कारण विश्वका विभिन्न देशहरुले गराएका हवाई यात्रा प्रतिवन्ध तथा कोरियाली सरकारले गरेको विदेशी नागरिकको कोरिया आगमनमा कडाई मुख्य कारक रहेका छन् । दक्षिण कोरियाको मजदुर तथा रोजगार मन्त्रालयका अनुसार यस बर्षको मध्यसम्म आइपुग्दा कोरिया प्रवेश गर्ने विदेशी कामदारको संख्या २००० को हाराहारीमा रहेको छ ।

उक्त संख्या सरकारको आँकलनको ७ प्रतिशत मात्र हो । सरकारी तथ्यांक अनुसार उक्त संख्या सन् २०१५ को भन्दा पनि धेरै न्युन हो । सन् २०१५ मा २६ हजार आप्रवासी कामदार कोरिया आएका थिए ।

कोरियाका विभिन्न साना तथा मझौला – कम्पनिहरुले सरकार सँग कामदार माग गरिरहेका भएता पनि संक्रमणका कारण मार्च २६ यता कोही पनि आप्रवासी कामदार कोरियामा नआएका कारण कामदार संकट चुलिएको उनीहरुले बताएका छन् ।

हाल रिक्त रहेका कामदार दरवन्दीमा काम गर्न कोरियाली नागरिकहरुले रुचि नदेखाएका कारण पनि समस्या थपिएको उनीहरुले बताएका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *