काठमाडौं
संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व खाद्य कार्यक्रमले उत्तर कोरियामा रहेका करिव ७ लाख ७१ हजार नागरिकका लागि मानवीय खाद्यान्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
शनिवार विश्व खाद्य कार्यक्रमको समाचारमा सो विषयमा उल्लेख गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।समाचार अनुसार उत्तर कोरियामा डिसेम्बरको अन्त्य सम्ममा करिव ३० लाख मानिसहरुमा खाद्य संकट आउन सक्ने छ ।
उक्त समस्यासँग जुध्न कार्यक्रमले जुलाई बाट डिसेम्बर सम्मका लागि २७.५ मिलियन अमेरिकी डलर वरावरको खाद्यान्न साहायता गर्ने भएको हो ।विश्व खाद्य कार्यक्रमका अनुसार करिव २ महिना बन्द भएर खुलेका उत्तर कोरियाली विद्यालयमा अध्ययनरत वालवालिकाहरु पौष्टिक आहार सुविधाबाट बञ्चित रहेका छन् ।
समाचार अनुसार उत्तर कोरियाका करिव ८५ प्रतिशत बालबालिकाले पौष्टिक आहार विद्यालयबाट नै प्राप्त गर्दछन् ।लामो समयको विद्यालय बन्दका कारण उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परेको पनि समाचारमा जनाइएको छ ।
विश्व खाद्य कार्यक्रमले अमेरिकाकै एक रेडियो सँगको कुराकानीमा न्युनतम खाद्यान्नबाट समेत बञ्चित भएका उत्तर कोरियाली नागरिकहरुलाई खाद्य साहायता गर्ने कार्यक्रम रहेको बताएको हो ।HOTPATI