फयामिली मार्टको केही स्टोरमा रोबोटले काम थाल्ने

जापान समाचार

टोकियो

जापानको कन्भिनियन्स स्टोर चेन फयामिली मार्टले रोबोट प्रयोग गर्ने भएको छ ।

टोकियोमा रहेका केही स्टोरमा कम्पनीले यही गर्मी महिनादेखि सञ्चालन लागत कम गर्न र समग्र कार्यकुशलता बढाउनका लागि रिमोट कन्ट्रोल्ड रोबोटको प्रयोग गर्ने भएको हो ।

रोबोटको डिजाइन रोबोटिक्स कम्पनी टेलएक्जिटेन्सले गरेको हो । रोबोटको प्रयोग स्टोरका तखतामा सामान राख्न प्रयोग गरिनेछ । यी रोबोटहरु पूर्ण रुपमा स्वचालित भने हुने छैनन् ।

यिनीहरुको सञ्चालन स्टोरका कर्मचारीहरुले छुट्टै स्थानमा रहेका भीआर टर्मिटलबाट गर्नेछन् । रोबोटको प्रयोगसँगै कर्मचारीहरुले थप लचिलो कार्य समय पाउने र सीमित कर्मचारी भएका स्टोरमा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

कम्पनीले सन् २०२२ सम्ममा भने कम्तिमा २० स्टोरमा रोबोट जडान गर्ने लक्ष्य लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *