अमेरिकाले बाल यौ’न नेटवर्क सञ्चालकलाई बुझाउन गरेको आग्रह कोरियाली अदालतद्वारा खारेज

कोरिया आज

सोल

दक्षिण कोरियाको उच्च अदालतले बाल यौ’न नेटवर्क सञ्चालक सन् जङ वुलाई अमेरिका बुझाउन अमेरिकाले गरेको आग्रहलाई अस्विकार गरेको छ ।

अ’श्लिल वेवसाइट मार्फत विश्वभर बाल यौ’न तथा अ’श्लिल भिडियो विक्री वितरण गरेको आरोपमा उनलाई दक्षिण कोरियाली प्रहरीले प’क्राउ गरि मुद्दा चलाएको थियो ।

उच्च अदालतका अनुसार सनले दक्षिण कोरियाको साइवर नियम उल्लङ्घन गरेको आरोपमा १८ महिनाको जेल स’जाय पाएका थिए । उनको जेल सजाय गत अप्रिलमा नै सकिएको भएता पनि अमेरिकाले उक्त मुद्दामा आफूले पनि कारवाही गर्न पाउनुपर्ने भन्दै उनलाई अमेरिकामा बुझाउन अपिल गरेको थियो ।

दक्षिण कोरियाली उच्च अदालतले भने उनलाई अमेरिका पठाउदा दक्षिण कोरियाको अनुसन्धानमा असर गर्ने भन्दै अमेरिकाको अपिल खारेज गरेको हो ।

सरकारी अधिकारीले बताए अनुसार उक्त मुद्दामा विश्वका विभिन्न १२ देशका ३३८ जनालाई प’क्राउ गरिएको छ । उनीहरुले करिव २ लाख ५० हजार अश्लिल भिडियोहरु विक्री गरेको बताइएको छ । विट क्वाइन तथा क्रिप्टो करेन्सीको प्रयोग गरि उनीहरुले उक्त अश्लिल भिडियोको विक्रि वितरण गरेको अधिकारीले बताएका छन् ।

बयस्क मानिसहरुको भिडियो अपलोड नगरौँ भन्ने मेसेज सहित सञ्चालित उक्त वेवसाइटका सञ्चालक सन् लाई १८ महिनाको जेल स’जाय सुनाइएको छ भने सोही मुद्दामा अमेरिकामा प’क्राउ परेकाहरुलाइ भने १५ बर्षको जे’ल स’जाय सुनाइएको छ ।

अमेरिकाले दक्षिण कोरियालाई उक्त विषयमा कडा सजायको व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।HOTPATI

Leave a Reply

Your email address will not be published. Required fields are marked *