सियोल
दक्षिण कोरियामा बसोवास गर्ने बिदेशी नागरिक मध्ये १५ प्रतिशत अबैधानिक रहेको एक तथ्यांक सार्बजनिक भएको छ l
न्याय मन्त्रालयले तयार पारेको एक तथ्यांकअनुसार गत जुलाई १५ सम्म कोरियामा ३ लाख ७० हजार ८ सय ८९ जना आफ्नो भिसा समाप्तिपछी अबैधानिक रुपमा बस्दै आएका छन् l
उक्त संख्या कोरियामा बसोवास गर्ने कुल बिदेशी नागरिको १५ प्रतिशत हो l यसरि अबैधानिक बस्नेमा छोटो समयावधिको लागि बिसेष छुट भिसामा कोरिया आएका बिदेशी नागरिक छन् l उक्त संख्या १ लाख ६४ हजार १ सय ३५ अर्थात कुल अबैधानिकको झन्डै आधा छ l
सन् २०१८मा कोरियामा आयोजना भएको ग्रिष्मकालिन ओलम्पिकमा छुट भिसामा कोरिया प्रवेश गरेका अधिकांस बिदेशी नागरिकहरु अबैधानिक बसेको कारण हाल उक्त संख्या बढेको मन्त्रालयले जनाएको छ lHelloNepalKorea.com