सोल
उत्तर कोरियाले पन्डुवी जहाजबाट मा’र हान्न सक्ने ब्याले’ष्टिक मिसा’इलको परिक्षण गर्न लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले बताएको छ ।
गत महिना मात्र उत्तर कोरियाले एक तस्विर सार्वजनिक गर्दै ब्याले’ष्टिक मिसा’इल हान्न सक्ने पनडुवि जहाजको विकास अन्तिम चरणमा पुगेको बताएको थियो ।
उत्तर कोरियाले यदि उक्त मिसा’इल परीक्षण गरेमा त्यो अन्तराष्ट्रिय समुदायलाई नै ठूलो सुरक्षा चुनौति थपिने तथा उक्त कार्य संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका नितिगत सिद्धान्त विपरित रहेको दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाको थिङ्क ट्याङ्कका अनुसार उत्तर कोरिया पनि वार्ता चाहान्छ तर उसको हठ तथा आफ्नो कमजोरी तथा झुकाव व्यक्त गर्न नचाहाने प्रकृतिका कारण उसले कुनै न कुनै प्रोपोगाण्डा मार्फत अमेरिकाको ध्यान आफू तर्फ तान्न चाहान्छ ।
पछिल्लो मिसा’इल परीक्षण गर्ने उसको कार्यक्रम पनि अमेरिकालाई वार्तामा बोलाउने एक तरिका भएको उसले बताएको छ ।दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाली उक्त कदमले उसले पाउदै आइरहेको अन्तराष्ट्रिय अनुदानमा थप कडाई हुने बताएको छ ।
उत्तर कोरियाको उक्त परिक्षणबाट विगत ३ बर्षबाट भइरहेका वार्ता प्रयासमा धक्का पुग्ने पनि दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।दक्षिण कोरियाली अधिकारीहरुले अब दक्षिण कोरियाली सरकारले आफ्नो सै’न्य टोलीलाई उत्तर कोरियाका गतिविधिहरुको शुक्ष्म अध्ययन गर्दै प्रतिर’क्षात्मक सै’न्य क्षमता तयारी हालतमा राख्नु पर्ने समेत बताएका छन् ।HOTPATI