सियोल मेयर पार्क वन-सूनको अबस्था अज्ञात . प्रहरी द्वारा ब्यापक खोजि , ड्रोन तथा कुकुरको समेत प्रयोग

कोरिया आज

सियोल

कोरियाको सियोल महानगरपालिकाका मेयर पार्क वन-सून हराएको रिपोर्ट परेपछि प्रहरीले उनको ब्यापक खोजि अगाडी बढाएको छ l

सियोल नगर प्रहरीका अनुसार मेयर पार्ककि छोरीले बिहिबार बेलुका ५ :१७ मा उनि हराएको रिपोर्ट दर्ता गराएकी हुन् l

उक्त रिपोर्ट दर्ता गराउदा पार्कले घर छाडेको ४ /५ घण्टा भैसेको र हाल मोबाइल समेत अफ रहेको प्रहरीले जनाएको छ l

हाल तालिम प्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरि ब्यापक रुपामा उनको खोजि कार्य भैरहेको प्रहरीले बताएको छ l

उनको अन्तिम पटक उत्तरपूर्वी सियोलको सेङ्बुक स्थित गिलसङ्गा मन्दिर नजिक मोबाइल ट्र्यास गरिएको छ भने अघि ७ बजे देखि कुनैपनि लोकेसन ट्रयास हुन नसकेको प्रहरीले बताएको छ l

सियोल नगर सरकारले दिउसो ४ बजेको लागि आयोजना गरेको एउटा कार्यक्रम अप्रत्यासित घटनाका कारण रद्व गरिएको बताएको छ l हाल नगरले घटनालाई पूर्णरुपले अध्यन गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *