बोम्जन गुरुङ, कोरिया
ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको आनसान शहर नजिकै मोटर पार्ट्स कम्पनीमा कार्यरत ३८ वर्षीय ओम प्रकाश माझीको सुतेकै अवस्थामा माझीको नि’धन भएको छ ।
मोरङ जिल्लाको बिराटनगर स्थायी घर भई विगत ८ वर्षदेखि कार्यरत माझी सोमबार बेलुका कम्पनीको काम सकेर परिवारसँग कुरा गरेर सुतेका थिए ।
डायनामिक मोरङ कमिटीका अध्यक्ष विनोद बुढाथोकीका अनुसार उक्त कम्पनीमा उनी मात्र नेपाली रहेको र साहुले अन्य देशका कामदार ल्याउने नेपाली नल्याउने भन्ने कुराको चिन्ता पछि एक्लो महसुस गर्दै आएका उनी पहिला देखि नै निन्द्रा नलाग्नेको र डि’प्रेसनको औषधी सेवन गर्दै आएका थिए ।
कोठामा एक्लै सुत्ने गरेका उनी मंगलबार साँझसम्म पनि नउठेपछि उनका सहकर्मीले प्रहरी खबर गरी कोठाको चुकुल खोलेर हेर्दा मृ’त अवस्थामा फेला परेका थिए ।
वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि ३ वर्ष अघि दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा बुवाआमा, श्रीमती र दुई वर्षका एक छोरा छन् । कोरियामा पटक पटक औधोगिक दु’घटना, हृदय’घात लगायत सुतेकै अवस्थामा मृ’त्यु हुनेको संख्या बढिरहेको छ ।
अहिले मृतक माझीको श’व आन्सान नजिकै श’वगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृ’तकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताए ।