सियोल।
दक्षिण कोरियाबाट शुक्रवार २४९ जना नेपाली स्वदेश फर्किएका छन।
अवैधानिक रूपमा बसेको अभियोगमा कोरियन अध्यागमनको नियन्त्रणमा रहेका, स्वास्थ्य समस्यामा परेका तथा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका नेपालीहरु स्वदेश फर्किएका हुन हुन् ।
नेपाली यात्रु लिएर कोरियन एयरको चार्ट्ड विमानआज बिहान आठ बजे काठमाण्डु अवतरण गरेको छ।
यसअघी गएको असार ६ गते दुइ सय अट्ठाइस नेपाली स्वदेश फर्किएका थिए । कोरियास्थित नेपाली दुतावासले संकलन गरेको घर फर्कनेहरुको प्रतिक्षा सुचीमा अझै आठ सय बढी नेपालीको नाम समावेश छ ।
जसमध्य दुइ सय जना आगामी असार एकत्तिस गते स्वदेश फर्कने तयारीमा रहेको चार्टर्ड विमान व्यवस्थापन गरिरहेको, केएमइ ट्राभल्स एण्ड टुरले जनाएको छ ।