सउल महानगरका मेयर पार्क को सम्झनामा ५ दिनको शो’क सभा गरिने !

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वो सुनको नि’धन प्रति गहिरो शो’क व्यक्त गर्दै राजधानी सोलमा ५ दिने शो’कको घोषणा गरेको छ ।

सोल महानगरिय सरकारका अनुसार उनको मृ’त शरिर राजधानी स्थित सोल राष्ट्रिय विश्वविद्यालय अस्पतालमा राखि श्रद्दाञ्जली दिइने छ । सो समयमा सम्पुर्ण सरकारी कामकाज समेत बन्द गरिने महानगरिय सरकारले बताएको छ ।

विहिवार बेलुकाबाट बेपत्ता भएका मेयर पार्क शुक्रवार विहान मृ’त फेला परेका थिए । उनका कागजात तथा मोवाइल फोन उनको मृ’त शरिर सँगै थिए भने घरमा उनले लेखेको सु’साईड नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

सु’साईड नोटमा के छ भन्ने बारे यकिन नभएता पनि आफ्नै एक कर्मचारीबाट आएको यौ’न शोषणको आरोप तथा मिटु ह्यासट्यागमा उनी विरुद्ध आएको आवाजका कारण उनले आत्मह’त्या गरेको हुन सक्ने आकलन गरिएको छ ।

प्रहरी समक्ष पार्क कि छोरीले बिहिवार बेलुका करिव ५:१७ मा आफ्ना बुबा हराएको जानकारी दिए लगत्तै कोरियाली प्रहरीले ७७० जना प्रहरी अधिकारी , दमकल , एम्बुलेन्स लगायतका श्रोत परिचालन गरेर उनको खोजी गरेको थियो ।

प्रहरीले उनको मोवाइलको सिग्नल देखिएका क्षेत्रहरु गिलसाङ्सा , सोङबुक लगायतका क्षेत्रमा व्यापक खोजी गरेको थियो । पार्कको फोन स्वीच अफ गरिएको अवस्थामा उनी सँगै रहेको पनि प्रहरीले जनाएको छ ।

यस अघि मेयर पार्कले बिहिवारको बैठकमा आफू अश्वस्थताका कारण उपस्थित हुन नसक्ने जानकारी कार्यालयका अधिकारीलाई दिए पश्चात उनका बिहिवारका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको थियो । बुधवार मात्र ‘ ग्रीन न्यु डिल ‘ नामक युवा रोजगार तथा वातावरण संरक्षण कार्यक्रममा सहभागी रहेका मेयरले विहिवार भने अस्वस्थ रहेको जानकारी गराएका थिए ।

स्थानीय सञ्चार माध्यमहरुले भने पार्कमाथि यौ’न दुराचारको अभियोग लागेको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन । सन् २०११ बाट राजधानी सोलको मेयर रहेका पार्कको यो अन्तिम कार्यकाल रहेको थियो ।

दक्षिण कोरियाका मानव अधिकारवादी संस्थाहरुले पार्क मानव अधिकारवादी व्यक्ति भएको बताएका छन् । उनलाई सन् २०२२ को राष्ट्रपतीय चुनावका आशलाग्दा उम्मेद्वारका रुपमा समेत हेरिने गरिएको थियो।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *