सियोल
कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ६२ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १३,४७९पुग्यो।
पछिल्लो २४ घन्टा यता मृत्यु भएको छैन।अहिले सम्म कोरोनाको कारण कोरियामा २८९ जनाको मृ’ त्यु !
आज २६ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १२,२०४ जना।
दक्षिण कोरियामा कोरोना भाईरस सङ्क्रमण नियन्त्रण उन्मुख रहेको भनियतापनि हरेक दिनजसो सङ्क्रमित फेला परेका छन।आजमात्रै ६२ जना सङ्क्रमित फेला परेका छन।
कोरियाले पछिल्लो समय अन्तरास्ट्रिय उडान खोले सङ्गै विदेशबाट कोरिया आउने सङ्क्रमित को सङ्ख्या बढदो क्रममा रहेको छ।आयातित सङ्क्रमण बढेपछी कोरिया सरकारले बंगलादेश र पाकिस्तानका नागरिकलाई कोरिया आउने सबै भिषा रद्द गरेको छ।
रोजगारीको लागी कोरिया आउने अन्य देशहरुका ई-९ भिषा बहाकहरुलाई नि कोरिया सरकारले कडाई गरेको छ।कोरिया प्रवेशको लागी १४ दिन सेल्फ क्वारेन्टाईन स्थल खोजेर एचआरडी मार्फत अनुमती गराई कोरिया प्रवेश गर्न सकिने ब्यबस्था रहेको छ।कोरियामा मापदण्ड अनुरुपको क्वारेन्टाईन स्थल नहुने विदेशी श्रमिकहरु कोरिया प्रवेश गर्न पाउने छैनन।
कोरियाले अहिलेसम्म १४ लाख ८हजार ३१२ जनाको पिसिआर प्रविधि मार्फत कोरोना टेस्ट गरेको छ।