कोरियामा श्रमिकको बढ्यो तलब , अब मासिक १८ लाख वोन भन्दा बढी हुने

कोरिया जानाकारी

सियोल

कोरियामा श्रमिकको न्युनतम ज्याला बृद्वी भएको छ l

ज्याला निर्धारण कमिटिको पटक पटक बसेको बैठकले सन् २०२१को लागी प्रतिघन्टा १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने टुङ्गोमा पुगेको हो l

जसानुसार अबको नया ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ lसन् २०२१ जनवरी १ देखि लागुहुने उक्त नियामानुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिब १ लाख ८० हजार नेपाली रुपैया ) ज्याला पाउने छन् l जसको लागी काम गरेको समय मासिक २ सय ९ घण्टा पुग्नु पर्ने छ l

सन् २०२१ को लागी न्युनतम ज्याला बृद्वी सन् २०२० को भन्दा कम हो l सन् २०२० लागी २.९ प्रतिशत बृद्वी भएको थियो l hellonepalkorea

Leave a Reply

Your email address will not be published. Required fields are marked *