गोविन्द बानियाँ, दक्षिण कोरिया
अविरल वर्षासंगै म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको बाढी तथा पहिरो पिडितका लागी मोना कोरियाले राहत रकम संकल गरिरहेको छ ।
दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कोरियाले जिल्ला पहिरोका कारण मृत्यु भएका तथा विस्थापित भएका परिवारका लागी खाद्यान्न, लत्ताकपडा लगायत अन्य अत्यावश्यकिय वस्तु उपलब्ध गराउने उद्धेश्यले राहत संकलन गरेको हो ।
राहत संकलन अभियानमा हालसम्म ५० लाख कोरियन वन अर्थात् नेपाली करिब ५ लाख रुपैयाँ संकलन भैसकेको छ । अभियानमा म्याग्दी जिल्ला बाहिरबाट दक्षिण कोरिया आएकाहरुबाट पनी उल्लेख्य सहयोग प्राप्त भैरहेको मोना कोरियाका अध्यक्ष सुनेस केसीले जानकारी दिनुभयो ।
मोनाले संकलन अभियान अझै केही दिन बाँकी रहने भएकाले सबैलाइ सहयोग गर्न अपिल समेत गरेको छ । यसअघि पनी जिल्लामा हुने सबैजसो विपदका घटनाहरुमा प्रवासी म्याग्देलीहरुको सहयोग रहँदै आएको छ ।