रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको कति सत्य हो ?

जानाकारी

जानाकारी

कोभिड-१९ बाट विश्वमा अहिलेसम्म एक करोड २८ लाख बढी संक्रमित छन् । पाँच लाख ५५ हजार बढीले यही भाइरसको कारण ज्यान गुमाइसकेका छन् ।

भाइरस फैलिएको सात महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा कोरानो नियन्त्रणका लागि ठोस उपचार विधी उपलब्ध छैन । वैज्ञानिकले कोरोना भाइरस विरुद्धको खोप एवं औषधि तयार हुन अझै समय लाग्ने बताइरहेको छ ।

यसैबीच रुसले भने पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप तयार भएको दावी गरेको छ ।रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले भनेका छन्, ‘विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको छ ।’

उनका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । यस अनुसार कोरोना भाइरस विरुद्धको यो खोप मान्छेका लागि अब सुरक्षित छ । जुन व्यक्तिमाथि खोपको परीक्षण गरिएको थियो, त्यसमध्ये एक समुह जुलाई १५ र अर्को समूह जुलाई २० मा अस्पतालबाट बिदा भएका छन् ।

युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायलोजीद्वारा निर्मित यस खोपको क्लिनिकल ट्रयल सुरु गरिएको थियो ।सेचेनोफ युनिभर्सिटीका एक अर्का वरिष्ठ अधिकारी एलेक्जन्डर लुकाशेव भन्छन्, ‘खोप परीक्षणको उदेश्य यो कुरा सुनिश्चित गर्नु थियो कि खोप व्यक्तिका लागि सुरक्षित छ वा छैन ।

परीक्षण सफलतापूर्वक सम्पन्न भयो । यो खोप सुरक्षित रहेको हामीले पायौं ।’अब खोप व्यापक रुपमा उत्पादन गर्नका लागि के कस्ता तयारी गर्नुपर्छ भनेर आवश्यक रणनीति तय गरिदैछ ।विश्वसमा अहिलेसम्म ७० लाख भन्दा बढी कोरोना भाइरसबाट संक्रमित पूर्ण रुपमा निको भइसकेका छन् ।

यही पृष्टभूमीमा वैज्ञानिक र स्वास्थ्य सेवासँग जोडिएका अन्य संस्था कोभिड १९ को खोप उत्पादन र विकासका लागि हरसंभव प्रयास गरिरहेका छन् ।

स्रोत : बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *