पहिलोपटक ट्रम्पले दक्षिण कोरियाको विरुद्दमा बोले !

कोरिया जानाकारी

वासिंगटन डिसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नरहरूलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाइ – इनसँग व्यवहार गर्न मन नपर्ने र दक्षिण कोरियालीहरु “ भयानक ” लाग्ने बताएको ल्यारी होगनले भने ।

होगनका अनुसार ट्रम्पले रिपब्लिकन गभर्नर एसोसिएसनद्वारा प्रायोजित डिनरमा आफ्नो पत्नी युमीको जन्मस्थल दक्षिण कोरियालाई कठोर शब्दहरू प्रयोग गरेका थिए ।

ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंगलाई धेरै सम्मान गर्ने , जापानका प्रधानमन्त्री आबेसँगै गोल्फ खेल्न रुचाउने र कोरियाका तानाशाह ( किम जोंग उनसँग धेरै मिल्ने बताएको होगनले बताए ।

त्यसपछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग व्यवहार गर्न मन नपर्ने भनेका थिए । उनले दक्षिण कोरियालीहरु “ भयानक ” लाग्ने पनि बताए ।

उनले भने , ” अमेरिकाले किन दक्षिण कोरियालाई यतिका वर्ष संरक्षण गरिरहेको छ मैले त्यो आहिले सम्म बुझ्न सकेको छैन । दक्षिण कोरियाले अमेरिकालाई पैसा त तिर्दैन । “ ।हटपाटीमा प्रकाशित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *