नेपालमा सिबिटि पास गरेर बसेका युवाले पत्रकार विजय कुमारलाई भने ‘तपाईले गरिवको रोदन माथी प्रहार गर्नुभयो।’

विचार

विचार

कुनै समय म पनि पत्रकार तथा साहित्यकार बिजय कुमार दाइको फ्यान नै थिए।उहाँको प्रस्तुति र साहित्यिक सिर्जना हेर्दा र पढ्दा अत्यन्तै खुशी लाग्दथ्यो।

प्रस्तुति आकर्षक र सिर्जना दम्दार हुन्थ्यो।हरेक खाले दर्शक र पाठक हरुले रुचाउदथे पनि।मलाइ लाग्दथ्यो कि नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रले फेरि एक हुनाहार धुर्ब तारा प्राप्त गर्दै छ ।

बढी चासो मलाइ किन थियो भन्दा म पनि पत्रकारिता कै विद्यार्थी थिए।मेरो प्रकाशन र सम्पादनमा दर्जनौ पत्रीकाहरु छापिने गर्दथे। म मेरो आफ्नो धरतल बाट हेर्दा के लाग्दथ्यो भने पत्रकारिता तेस्तो शक्ति हो जसले पिछडिएका र निम्न स्तरका समुदाए लाई हातेमालो गर्दै समाज र रास्ट्रमा ब्यप्त बेथितिको बिरुद्द आवाज बुलन्द गर्दछ।

यसै सिद्धान्तको आधारमा म लगायत म जस्ता कैयौं पत्रकार हरु समाजमा कौडेकमारोको भाउमा पसिना बगाइ रहेका हुन्थ्यौ। मलाइ गर्व लाग्दथ्यो कि त्यो बर्गको उत्थान गर्नुनै मेरो कर्तव्य हो पैसा र सम्पत्ति गौढ कुरा हुन।प्रसङ्ग अलि लम्बाउन चाहन्छु।

बिद्या हासिल गर्ने सवाल लाई मुल्यांकन गर्ने हो भने त्याहा क्षेमता र औकातको भुमिका जोडीएको हुन्छ।एकातिर आर्थिक क्षेमता उच्छ भएका बर्ग पैत्रिक सम्पतिमा राइदाइ हाल्दै पैसाले बिद्या किनेर महान विद्वान्को पगरी भिर्ने काम गर्दछन।

दुखको झिनो खुड्किलो पनि प्रवाह नगरी बाउको थाप्लोमा गिर खेल्दै प्राप्त गरेको ज्ञान् ले कस्ता खाले बर्ग र समुदायको पक्षमा शब्द उकेल्न सक्छ भन्नेकुरा प्रसङ्गले इङ्गित अबस्य गरिरहेको छ। अर्को तर्फको बिश्लेसण गर्दा हामी जस्ता गरिब बर्ग भित्र जन्मिएर गासको अभाबमा भौतारिदै श्रम साटदै जेनतेन शैक्षिक गन्तव्यको दुर निशानलाइ पासोमा पार्न बाध्य हुनुपर्ने बर्गको हालत कस्तो हुन्छ भन्ने कुरा तपाईं हामिलाइ अबगत नै छ।

हामी भोको पेट भर्न र परिवार पाल्नको लागि बिधालाई हतियार्को रुपमा प्रयोग गर्दै ज्ञान हासिल गर्ने चाहना राख्दछौ।हामी जीवन केही मात्रमा भनेपनी सहज हुन्छ कि भन्ने हेतुले खाइ नखाइ पढ्छौं अनि दुख र मेहनतको साथ रगत र पसिना सङ्ग दुई कौडि साट्ने चेसटा राख्दछौ।तर यसको बिपरित बिना दुख,बिना आर्थिक झन्झट बिद्द्वान बनेकाहरु अथवा गाउले भासामा भन्नुपर्दा नअख्रेका ठाेसाहरुको बिद्दताले हामी जस्ता बर्गको उपहास गर्ने काम हुदोरहेछ आज मलाइ तेहि भान भइरहेकोछ ।

आज दाजु बिजय कुमार तपाइको जत्तिको क्षेमता नभए पनि म आज स्वम तपाइको हैसियत को मुल्यांकन गर्न बाध्य पारिदै छु। तपाइले दिनु भएको जुन बक्तब्य आज म जस्ता तमाम मजदुरी गरि खाने बर्गका लागि अक्षेम्य साबित भएको छ।

डिग्रीको certificate बाकसमा थन्क्याएर रोजगारि को लागि घरबारी बन्दकी राखेर बर्सौको मेहनत पश्चात् कोरियन भासा पास गरेर कोरिया जान लाग्दा झेल्नु परेको दुख हामी प्रतिको बेवास्था लाई सम्बन्धित निकाएले नसुने पछि सडकमा झर्न बाध्य हुदा तपाईं जस्तो ब्यक्तिले हाम्रो आवाज लाई हासोको रुपमा जत्ती खिल्ली उडाइ दिनु भयो त्यो अत्यन्तै दुख लाग्दो साबित भएको छ।

तपाइलाइ सडकमा हामी चिच्याएको देख्दा हासो उठनु स्वाभाबिक पनि हो किनकी तपाइले गरिबको दुख र पिडाको कर्कसा सुन्ने मौका नै पाउनु भएको छैन।गरिब रोएको फिल्म र किताबमा बाहेक देख्नु नै भएको छैन किनकी तपाइको जिबनले त्यो स्थिती भोग्नु नै परेको छैन।

अब तपाइलाइ नैतिकता को प्रश्न सङ्ग पनि जोडन चाहन्छु।कोरोना को भयमा पनि बिदेश जान पाउ भन्ने माग तपाइलाइ असान्दभिक लाग्यो तेसैले हासो मा मुर्छित पर्नु भयो।तपाइको त्यो हासोको अगाडि गरिबताले गलहत्याइएको पिडा उब्जिएको रोधन जसको स्पस्ट कथा बुझ्न एक पटक कष्ट गरिदिनु होला।

कोरोना भन्दा ठुलो गरिबिको पिडा कस्तो हुदो रहेछ कुनै दिन तपाईं स्वयंले आफ्नो प्रसारणमा बोल्न बाध्य हुनुहुनेछ। धनी र पुगेसरी आएका हरुले महङ्गो ह्विस्कीको नसामा आदर्स ओकल्छन तर हामी गरिब हरु भोको पेटले चिच्याएर आवाज ओकल्ने काम गर्दछौ, बस फरक यत्ती मात्रै हो अनि तपाइको हासो पनि यसैको परकाषटा हो भन्ने लाग्दछ।
ध्यन्यबाद।बालकृष्ण ढकाल ,पेशाले पत्रकार(CBT Passer)

Leave a Reply

Your email address will not be published. Required fields are marked *