कोरियाको योंङ्गिन स्थित एक भवनमा भिषण आगलागी ५ को मृ’त्यु केहि घाइते

कोरिया आज

सियोल

दक्षिण कोरियाको योंङ्गिन शहरमा रहेको एक वितरण केन्द्रमा आगलागी हुदा ५ जनाको मृ’त्यु भएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार उक्त शहरमा रहेको एसएलसी वितरण केन्द्रमा बिहान ८ बजेर २९ मिनेट जादा भिषण आगलागी शुरु भएको थियो l

आगलागीको १० मिनेटमै अग्नि नियन्त्रकहरु घटना स्थल पुगेको भएता पनि आगो नियन्त्रण भन्दा बाहिर रहेकोले केहि मानिसहरु हताहत हुनुबाट बचाउन नसकेको बताएको छ l

उक्त समयमा वितरण केन्द्रमा ६४ जना कर्मचारी कार्यरत थिए l ति मध्ये ४ जना गम्भीर घाइतेका छन् भने बाकि सामान्य घाइते भएका छन् l

सबै घाइते तथा मृतक हरु भवनको चौथो तल्लामा भेटिएका थिए lआगलागीको कारण वारे प्रहरीले बिस्तृत अनुशन्धान गरिरहेको बताएको छ l

सन् २०१८ मा निर्मित उक्त वितरण केन्द्रमा हाल १५० जना कर्मचारी रहेका छन् lहेल्लो नेपाल कोरिया डटकममा किशन गौतमको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *