सोल
दक्षिण कोरियाको पहिलो सैन्य सम्पर्क सेटलाईट ‘ अनासिस -२ ‘ को सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
उक्त सेटलाइट प्रक्षेपण गरे पश्चात दक्षिण कोरिया सैन्य उद्देश्यका लागि आफ्नै सेटलाइट राख्ने विश्वको दशौँ राष्ट्र बनेको छ ।
अमेरिकी रकेट निर्माता कम्पनि स्पेस एक्सले निर्माण गरेको उक्त सेटलाइट अमेरिकाको फ्लोरिडा स्थित किन्डी स्पेस सेन्टरबाट स्थानिय समय अनुसार साँझ ५:३० बजे प्रक्षेपण गरिएको थियो ।
उक्त सेटलाइट रकेटबाट छुट्टिए लगत्तै फ्रान्सस्थित टुलोज स्पेस अपरेटर सेन्टरसँग सम्पर्कमा आएको थियो । समाचार अनुसार उक्त सेटलाइटले आगामी २ हप्तामा ३६ हजार किमीमा रहेको आफ्नो कक्षमा पुग्ने छ ।
सम्पुर्ण परिक्षण पश्चात कोरियाली रक्षा मन्त्रालयले आगामी अक्टोबरबाट उक्त सेटलाइट आफ्नो स्वामित्वमा लिने मन्त्रालयले बताएको छ । यस अघि दक्षिण कोरियाले प्रयोग गर्दै आएको अनासिस -१ सम्पुर्ण प्रयोजनका लागि प्रयोग गरिदै आएको थियो ।
अनासिस -२ को प्रयोग भने विशुद्द सैन्य प्रयोजनमा गरिने रक्षा मन्त्रालयले बताएको छ । एयरबस युरोस्टार ई -३००० प्रविधिमा आधारित यो सेटलाईट विश्वसनीय , सुरक्षित तथा बृहत क्षेत्र समेट्ने क्षमताको रहेको समेत मन्त्रालयले जनाएको छ ।