दक्षिण कोरियामा अवदेखी कोरोना सङ्क्रमित विदेशी नागरिकले उपचारमा लाग्ने शुल्क तिर्नुपर्ने !

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको स्वास्थ्य विभागले विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण पाइएमा सो को उपचारमा लाग्ने सम्पुर्ण खर्च उनीहरुबाटै असुल्ने तयारि थालेको छ ।

स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयका डाइरेक्टर योन ताइ होका अनुसार हालसम्म त्यस्ता विरामीहरुको सम्पुर्ण उपचार सरकारले हेरिरहेको तर यसरि सँधै सम्भव नहुने भएकाले उनिहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च उनीहरुबाटै लिने तयारि गरिएको हो ।

एक जनाको कोरोना उपचारमा करिव ३ लाख ३० हजार रुपैया देखि ७ लाख रुपैया सम्म खर्च हुने गरेको छ । विरामीको स्वास्थ्य स्थिति हेरेर खर्च तलमाथि हुन सक्दछ ।

यहि स्थितिमा नियमित नि : शुल्क स्वास्थ्य उपचार सम्भव नभएको कोरियामा रहेका स्वास्थ्य वीमा कार्यालयहरुले बताएका छन् । जुन २६ तारिख पश्चात दक्षिण कोरियामा पाइएका कुल संक्रमितहरु मध्ये ६० प्रतिशत विदेशी नागरिक पाइएका छन् ।

विश्वमा १ करोड ५० लाखको हाराहारीमा संक्रमित पाइसकेको अवस्थामा कोरिया आउने मानिसहरुमा संक्रमण हुन सक्ने बताउदै अबका दिनमा परिक्षण तथा उपचारमा शुल्क लगाउने तयारि भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

हालसम्म दक्षिण कोरियाले १५ लाख ८५४ जनाको कोरोना परिक्षण गरिएको र सो मध्ये १३९३८ जनामा संक्रकण पाइएको थियो । हाल कोरोना भाइरसका ८०० बढी सकृय संक्रमित दक्षिण कोरियामा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *