कोरियामा फेरी बढ्यो कोराेना संक्रमण, ४ महिनायताकै उच्च

कोरिया जानाकारी

काठमाडौं

दक्षिण कोरियामा ४ महिनापछि कोराेना भाइरसको संक्रमणको केस तेहोरो अंकमा देखिएको छ ।

केन्द्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार शनिबार ११३ जनालाई कोरोना पुष्टि भएको छ ।

यो संख्या मार्चदेखिको उच्च हो । मार्च ३१ म १२५ जनालाई कोरोना पुष्टि भएको थियो ।

नयाँ केसमा ८६ आयातित र २७ स्थानिय रहेको छ । शुक्रबार अधिकारीहरुले विदेशबाट आएकाहरुमा संक्रमण देखिरहेकाले संक्रमित थपिनसक्ने बताएका थिए ।

नयाँ संक्रमितमध्ये ठुलो संख्यामा रुसीयन जहाजका क्रु मेम्बरहरु रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हालसम्म कोरियामा ७० प्रतिशत आयातित र ३० प्रतिशत स्थानिय केस रहेको छ ।

हालसम्म कोरियामा संक्रमणका कारण २९८ जनाको मृत्यु भएको छ भने १४ हजार ९२ जनामा संक्रमण भएको छ जसमा १२ हजार ८६६ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *