कोरियामा कोभिड-१९ :पछिल्लो समय स्थानीय भन्दा बाहिर बाट संक्रमित भै आउनेको संख्या धेरै

कोरिया जानाकारी

सियोल

दक्षिण कोरियामा पछिल्ला केहि सातादेखि बाहिर बाट कोरोना संक्रमित भै आउनेको संख्या बढ्न थालेको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २८ जना नयाँ संक्रमित मध्ये बाहिर बाट संक्रमित भै आउनेको संख्या २३ छ l

त्यस्तै गएको शनिवार ३ महिना यताकै सबैभन्दा धेरै १ सय १३ जना नयाँ संक्रमित थपिएका थिए जसमध्ये बाहिर बाट संक्रमित भै आउनेको संख्या ८६ रहेको थियो l

बाहिर बाट संक्रमित भै आउनेमा धेरैजसो हालै इरान बाट ल्याइएका कोरियन नागरिक तथा कोरिया आइपुगेका रसियन नाविहरु छन् l

हाल सम्म कुल संक्रमितको संख्या १४ हजार २सय ३ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या १छ भने निको भै घर फर्किनेको संख्या १०२ रहेको छ l

पछिल्लो २ दीनमा नयाँ संक्रमितको संख्या ३० जना भन्दा कम छ l सोमबार २५ जना मात्र नया संक्रमित थपिएका थिए l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३ सय पुगेको छ भने १३ हजार ७ जना निको भैसकेका छन् l

कोरियाले हासम्म १५ लाख ३७ हजार ७ सय ४ जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *