सौल
दक्षिण कोरियाले यहाँ रहेका बिदेशी कामदारको भिसा अझै लम्ब्याउने तयारी गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ का कारण कतिपय देशका नागरिक स्वदेश फर्किने अबस्था नरहेको अबस्थामा सरकारकले सो नीति ल्याउने भएको हो ।
प्रधानमन्त्री चुङ् से -क्यूनले बुधबार एक कार्यक्रममा बोल्दै सम्बन्धित देशमा प्रवेश अनुमति नभएका विदशी कामदारको लागी सरकारले अस्थाई बसोवासको लागी थप अनुमति दिने तयारी गरेको बताए ।
”भिसा थप गरिएका कामदारले अस्थाई कामदारको रुपमा काम गर्ने अनुमति पनि पाउने छन् । उनीहरुलाई बिशेष गरि कृषि फारम तिर कामको लागी प्रोत्साहन गरिने छ ।” उनले भने
यसरी सरकारले थप बसाइ अनुमति दिने भएपछी तत्काल स्वदेश फर्किने अबस्था नरहेका हजारौ बिदेशी कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।
हाल दक्षिण कोरियामा साना तथा मझौला कम्पनि तथा कृषि फारम तिर बिदेशी कामदार रहदै आएका छन । कोरोना भाइरसको महामारीका बिच यो बर्ष कोरियामा नगण्य रुपमा विदशी कामदार भित्रिएका छन् ।
– हेल्लो कोरिया नेपालको सहयोगमा