कोरोना विरुद्धको लडाईमा असहयोग गरेको भन्दै सिछोञ्ची सम्प्रदायका धर्मगुरु विरुद्ध पक्राउ पुर्जी

कोरिया आज

सोल

दक्षिण कोरियाली प्रहरीले कोरोना भाइरस विरुद्धको लडाईमा असहयोग गरेको तथा सरकारलाइ झुटा विवरण पेश गरेको आरोपमा सिछोञ्ची चर्चका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सोल नजिकै सुवनको स्थानीय अदालतले शनिवार उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ८ ९ बर्षिय उक्त चर्च प्रमुख ली म्यान ही विरुद्ध उक्त पुर्जी जारी गरिएको हो ।

उनी विरुद्ध सरकारी स्वास्थ्य टोलीलाई झुटो विवरण बुझाएको , सरकारको निर्देशन विपरित सभा सम्मेलन गरेको आरोप लगाइएको छ । उक्त चर्च दक्षिण कोरियामा कोरोनाको हटस्पट समेत बनेको थियो ।

यसका अलावा उनीमाथि चर्चको ४.६८ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति दुरुपयोग गरेको तथा सन् २०१५-१९ मा गैरकानुनी धार्मीक गतिविधि सञ्चाला गरेको आरोप समेत लगाइएको छ ।

उक्त चर्चसँग सम्बन्धित करिव ४००० जनामा कोरोना संक्रमण पाइएको थियो । उनलाई पक्राउ पुर्जी जारी गर्दै अदालतले उमेर र स्वास्थ्य अवस्था हेरेर जेलमा राख्ने या अरु कारवाही गर्ने बारे निर्णय हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *