सोल
संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगका एक अधिकारीले उत्तर कोरियाबाट भागेर दक्षिण आएका मानिसहरुको प्रदर्शनलाई निरुत्साहित नबनाउन दक्षिण कोरियाली सरकारलाई अनुरोध गरेका छन् ।
विहिवार एक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगको उत्तर कोरिया विभाग प्रमुख थोमस ओइजा क्वीन्टानाले उक्त भनाई राखेका हुन् ।
दक्षिण कोरियाको एकिकरण मन्त्रालयलाइ फ्लायर उडाएकै भरमा कडा कदम चाल्नु उचित नहुने बताउदै उनले दक्षिण कोरियालाइ आफ्नो निर्णय माथि पुनर्विचार गर्न समेत भनेका छन् ।
एकिकरण मन्त्रालय सँगको भर्युअल बैठकका क्रममा उनले जनताको शान्ति पुर्वक विचार तथा अभिव्यक्ति राख्न पाउने अधिकार रहेको बताउदै त्यसमा अंकुश नलगाउन समेत भनेका छन् ।
जवाफमा मन्त्रालयले हाल दुई कोरिया अनौपचारिक वार्ताकै क्रममा रहेको तथा उक्त विषयमा छलफल पश्चात आफ्नो धारणा राख्ने बताएको छ ।