सोलः
दक्षिण कोरियाको विश्वविख्यात मोवाइल फोन निर्माता कम्पनी सामसुङ विश्वकै आठौं मुल्यवान ब्राण्ड बन्न सफल भएको छ ।
विश्वविख्यात पत्रिका फोर्बसले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामसुङले उक्त स्थान प्राप्त गरेको हो ।
पत्रिकाका अनुसार हाल सामसुङ कम्पनिको कुल सम्पत्ति ५० विलियन अमेरिकी डलर रहेको छ ।
गत बर्ष सातौँ स्थानमा रहेको सामसुङ यस बर्ष एक स्थान तल झर्दै आठौँ स्थानमा रहेको हो विगत ४ बर्षबाट निरन्तर फोर्बसको उत्कृष्ठ १० भित्र पर्न सफल यस कम्पनीले एसियामा भने आफ्नो उपस्थिति बलियो गरि जमाएको छ ।
पत्रिका अनुसार हाल सम्म पनि एसियामा सामसुङ कम्पनि नम्बर एक रहेको छ ।
९ विलियन अमेरिकी डलर सम्पति सहित हुण्डायी कम्पनी ८१ औं स्थानमा रहेको छ जसले गत वर्ष भन्दा १७ प्रतिशत प्रगति गरेको हो भने उक्त सुचीको पहिलो नम्बरमा एप्पल , दोश्रो नम्बरमा गुगल तथा तेश्रो स्थानमा माइक्रोसफ्ट रहेका छन् ।हटपाटीबाट