अमेरिकालाई पछि पार्दै दक्षिण कोरियाको कुल गाह्रस्थ उत्पादन विश्वकै दोश्रो स्थानमा

कोरिया जानाकारी

सोल

कोरोना संक्रमणका कारण देशको उत्पादन तथा वितरणमा व्यापक असर गरेता पनि दक्षिण कोरियाको कुल गाहस्थ उत्पादनले भने नयाँ फड्को मारेको छ ।

आर्थिक सहकार्य तथा विकास संस्था ( ओइसिडी ) ले जारी गरेको नयाँ तथ्याङ्क अनुसार दक्षिण कोरियाको कुल गाह्रस्थ उत्पादनले फड्को मारेको हो ओइसिडीका अनुसार विश्वका १४ आर्थिक शक्ति भएका मुलुकहरुको सुचीमा कोरियाले दोश्रो स्थान प्राप्त गरेको छ ।

पहिलो स्थानमा चीन रहेको छ । कोरियाले अमेरिका , जर्मनी , फ्रान्स , इटाली तथा स्पेनलाई समेत पछि पारेको छ ।

दक्षिण कोरियाले कोरोना संक्रमण न्युनिकरण गर्ने बेलामा देखाएको सतर्कताका कारण आर्थिक गतिविधिमा ठूलो धक्का लाग्न नपाएका कारण यो उचाई हासिल गर्न सम्भव भएको दक्षिण कोरियाली उपप्रधान तथा अर्थ मन्त्री होङ नाम कीले बताएका छन् ।

दक्षिण कोरियाले लकडाउनको विकल्प खोजेका कारणले आर्थिक क्षति कम भएको समेत उनले बताए ।

ओइसिडीले विश्वका ३७ आर्थिक रुपमा सवल मुलुकहरुको आर्थिक गतिविधिहरुको मुल्याङ्कन गर्दै तुलनात्मक विश्लेशण गर्ने गर्दछ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *