लगातारको बर्षा संगै कम्पनीमा पहिरो जाँदा फेन्थेकमा ३ को मृ’ त्यु एकको अवश्था गम्भिर !

कोरिया आज

सियोल

दक्षिण कोरियाको ख्यङ्गिदो प्रान्तको फेन्थेकमा अवश्थित सेमिकन्डकटर को पार्टपुर्जा बनाउने कम्पनीमा आज विहान १०:४९ मा पहिरो जाँदा ३ जनाको मृ’ त्यु भएको छ भने एक जनाको अवश्था गम्भिर रहेको छ।

दक्षिण कोरियाली समाचार एजेन्सी केविएस का अनुसार माथी पहाडबाट ठुलो मात्रामा ढुङ्गा र माटो एक्कासी बगेर कम्पनीमा क्षती गरेको थियो।

कम्पनीमा काम गर्दागर्दै एक्कासी पहिरो गएपछी कम्पनी पुरिएको थियो।पहिरो गएलगत्तै सोङ्थान फाएर स्टेशन बाट ईमर्जेन्सी उद्दार टोली घटनास्थल पुगेको थियो।

घटनास्थलबाट उद्दार टोलीले ३ जनालाई बेहोस अवश्थामा पुरिएको ठाउँबाट निकालेको थियो भने एकजनालाई गम्भिर चोट लागेको अवश्थामा उद्दार गरेको थियो।उद्दार गरिएका मध्य बेहोस ३ जनालाई नजिकको अस्पताल पुर्याएलगत्तै अस्पतालले मृ’त घोषणा गरेको थियो भने अर्का व्याक्तीको अस्पतालमा उपचार भईरहेको छ।

उद्दार टोलीका अनुसार माथीबाट धेरै मात्रामा पहिरो गएकोले उद्दारमा कठिनाई भएको जनाएको छ।करिव १ घन्टा लगाएर उद्दार गरिएपनी अझै पुर्ण रुपमा उद्दार हुन सकेकोभने छैन।

उद्दार टोलिले हेभि उक्वुपमेन्ट मार्फत उद्दार कार्य अगाडी बढाईएको जनाएका छन।अधिकारीका अनुसार अझै थप मानिसहरु पुरिएको हुनसक्ने जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *