सियोल,
दक्षिण कोरियामा विगत चार दिनदेखिको भीषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृ’त्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।
उत्तरी छुङ्छन प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।
वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्दारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ ।
फोटोहरु हेर्नुहोस।