कोरोना नेगेटिभ रिपोर्ट नबुझाउने ९ जना विदेशीलाई कोरियाले एयरपोर्ट बाटै फर्कायो ।

कोरिया आज

सोल

दक्षिण कोरिया प्रवेश गर्न चाहाने ९ जना विदेशी नागरिकलाई कोरोना भाईरस नेगेटिभ भएको प्रमाणपत्र पेश गर्न नसक्दा फर्काइएको दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना अति प्रभावित देशहरुबाट कोरोना नेगेटिभ प्रमाण पत्र लिएर आएका २२ जनामा कोरोना संक्रमण पाइएका कारण हाल उक्त विषयमा कडाई गर्न थालिएको छ ।

गत जुलाई १३ बाट अगष्ट ३ सम्मको तथ्याङ्क हेर्दा दक्षिण कोरिया प्रवेश गरेका पाकिस्तान , काजकस्तान , किर्गिजिस्तान , फिलिपिन्स , उज्वेकिस्तान लगायतका देशहरुलाई कोरोना अति प्रभावित मुलुकहरुको सुचीमा राखिएको छ ।

ति देशहरुबाट सोही अवधिमा ५४८ जना कोरिया प्रवेश गरेका थिए जसमध्ये ५१२ जनाले कोरोना नेगेटिभ प्रमाणपत्र बुझाएका थिए । बाँकी ट्राञ्जिट रुटका यात्रु रहेका थिए । कोरोना नेगेटिभ प्रमाणपत्र बुझाउने मध्ये २२ जनामा संक्रमण पाइएको थियो ।

जस मध्ये १८ जनालाई अन अराइभल स्क्रिनिङमा संक्रमित पाइएको थियो भने ४ जना क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण पाइएको थियो । हाल सम्म दक्षिण कोरियाले १५,८ ९ , ७८० जनाको पिसिआर परिक्षण गरेको छ । १८७२४ जना परिक्षण नतिजा पर्खिरहेका छन् ।

हाल सम्म संक्रमणबाट दक्षिण कोरियामा ३०२ जनाले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *