लेवनानको वेरुत वि’स्फोटनमा कोरियाली नागरिक नपरेको खुलासा !

कोरिया जानाकारी

सोल

बुधवार विहान लेवनानको बेरुत शहरमा भएको शक्तिशाली विष्फो’टनमा कोही पनि कोरियाली नागरिक नपरेको दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले बताएको छ ।

१०० बढीको ज्यान जाने गरि भएको उक्त वि’स्फोटनमा ४००० बढी घा’ईते भएका छन् । उक्त क्षेत्रमा १४० दक्षिण कोरियाली नागरिक तथा संयुक्त राष्ट्रसंघ सान्ती सेना अन्तरगत २८० जना कोरियाली सैनिक उक्त क्षेत्रमा रहेका छन् ।

बेरुत स्थित कोरियाली दुतावासले ग्रुप च्याटका माध्यमबाट आफ्ना नागरिकहरुको जानकारी लिइरहेको बताएको छ । दुतावासका अनुसार सबै कोरियाली नागरिक सुरक्षित छन् ।

राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन वि’स्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेका छन् । उनले वि’स्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसकेका छन् ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शो’कको घोषणा समेत गरेका छन् । त्यस ठाउँमा २०१४ देखि नै वि’स्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । वि’स्फोट पछी वरपरका भवनहरु ध्वस्त भएका छन् ।

वि’स्फोटकको आवाज २४० किलोमिटर पर साइप्रस सम्म सुनिएको बताइएको छ । वि’स्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको दृश्य निकै डरलाग्दो देखिन्छ ।

यो वि’स्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको ह’त्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।

तर अहिलेसम्म वि’स्फोटको कारण पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घघटनाको रुपमा लिएका छन् भने कसैले नियोजित घटना बताएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको वि’स्फोटक केन्द्रमा आगो लागेका कारण वि’स्फोट भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *