गुरुदत्त न्यौपाने /सियोल
लगातार को भिषण बर्षाको कारण दक्षिण कोरियाको जनजिवन प्रभावित भएको छ।
भिषण बर्षाको कारण बिहिबार बिहान दक्षिण कोरियाको ख्यङ्गिदो प्रान्तको फाजु शहरमा यात्रुबहाक बस डुवानमा परेको छ।
अत्यधिक बर्षा संगै आएको बाढीका कारण सडकमा बस डुवेको हो।डुवेको बसबाट ५ जना यात्रुलाई शकुसल उद्दार गरिएको छ।बाढीमा परेका सबैको उद्दार भएको उद्दार टोलिले बताएको छ।
बाढीमा फसेको बसमा सवार ४ जना यात्रु संगै १ जना ड्राईभर गरी ५ जनाको जिवितै उद्दार गरेको फाजु आकस्मिक सहयोग कार्यालयले जनाएको छ।
विगतको हप्ता देखी लगातार परिरहेको बर्षाको कारण दक्षिण कोरियाका बिभिन्न ठाउँहरुमा बाढी तथा पहिरोले वितन्डा मच्चाएको छ भने अहिले सम्म कोरियामा १६ जनाले ज्यान समेत गुमाईसकेका छन।