कोरियामा अविरल बर्षासंगै आएको बाढीका कारण १८ जनाको मृत्यु कैयौं बेपत्ता

कोरिया आज

सियोल

दक्षिण कोरियामा गत शनिवार देखि परेको अविरल बर्षा संगै आएको बाढीका कारण हाल सम्म १८ जनाको मृत्यु भएको छ l

कोरिया प्रकोप नियन्त्रण केन्द्रले बिहिबार जनाएअनुसार बाढी मा परि हाल सम्म ११ जना हराइरहेका छन l

हराइरहेका मानिसहरुको खोजि कार्य भैरहेकोले मृतकको संख्या थपिन सक्ने केन्द्रले बताएको छ l

बाढीका कारण सबैभन्दा ठुलो क्षति राजधानी सियोल तथा आसपासका क्षेत्रमा भएको छ l बाढीले अस्तब्यास्त बनाएपछि राजधानी वाट बाहिरिने केहि मुख्य राजमार्गहरु बन्द गरिएको छ l

राजधानी सियोलको मुटुमा रहेको हान नदी नियम्न्त्रण बाहिर पुगेपछि बिहिबार बिहान हाइ अलर्ट जारि गरिएको थियो l

हान नदिमा पानीको बाहब उच्च भएपछी त्यसका आसपासका क्षेत्रहरु योंङ्सान , मापो ,योङ्दम्फु लगाएताका क्षेत्रहारु उच्च जेखिमामा परेका छन् l

त्यस्तै खाङ्वन्दो क्षेत्रका छेउरोन ख्याङ्गिदो क्षेत्रका येनछेवन, फाजु लगाएतका स्थानहरुका २ हजार भन्दा धेरै घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ l

मनसुन अझै सक्रिय रहेकोले शुक्रबार राजधानी तथा आसपासका क्षेत्रहरुमा ५० मिलिमिटर प्रतिघन्टा भन्दा माथी बर्षा हुने अनुमान रहेकोले सबैलाई सचेत रहन कोरिया मौषम विभागले अनुरोध समेत गरेको छ l

हेल्लो नेपाल कोरिया डटकम मा किशन गौतमको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *