दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्रका अधिकांश नदिहरु खतराको घेरा माथि, तटीय बस्तीहरु खाली, रेलसेवा बन्द

कोरिया आज

सोल

निरन्तरको बर्षाका कारण दक्षिण कोरिया अहिले बाढीको वित्तण्डाबाट पिडित भएको छ ।

यो हप्ता मात्र २१ जनाले बाढीका कारण ज्यान गुमाइसकेका छन् । बाढीले राजधानी सोल सहितका मुख्य शहरहरु प्रभावित बनेका छन् भने केही स्थानका राजमार्गहरु समेत बन्द भएका छन् ।

पछिल्लो समयमा देशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित अधिकांश नदिहरुमा बाढी आएको छ । बाढीका कारण नदिहरुले खतराको रेखा पार गरि अति प्रवाह हुन थालेका छन् ।

नदिमा पानीको वाहाव उच्च भएसँगै स्थानीय प्रशाशनहरुले प्रभावित बन्न सक्ने क्षेत्रहरुका वासिन्दाहरुलाई बस्तिबाट हटाई सुरक्षित स्थान तर्फ लैजान सुरु गरेका छन् ।

दक्षिणी जोवेल्ला प्रान्तका सियोम्जिन लगायतका नदिहरुमा बाढीका कारण पानीको वाहाव उच्च रहेको छ – बाढीकै कारण इक्सान , उत्तर जोवेल्ला , येवोजु तथा दक्षिणी जोवेल्ला जोड्ने रेल सेवा समेत अवरुद्ध भएको दक्षिण कोरियाली समाचार संस्था कोरियन हेराल्डले बताएको छ ।

खतरा बढेपछि प्रशाशनले उद्दार टोलिलाई तयारी हालतमा राखेको समाचारमा जनाइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *