किशन गौतम/सियोल
दक्षिण कोरियामा बिगत केहि साता अघिदेखि परेको अविरल बर्षा पछी आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ l
धेरै मानिसहरु बाढीमा बेपत्ता भएको कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ lकोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशनका अनुसार उच्च आधिबेरी कोरिया नजिकिदै गरेकोले हालको बर्षा अझै केहि दीन रहने अनुमान गरिएको छ l
उक्त बर्षा बिगत १ दशक यताकै उच्च हो lअगस्ट १ तारिख देखि कोरियामा उच्च बर्षा हुदै आइरहेको छ l बर्षा पछी आएको बाढीमा परि बेपत्ता हुनेको संख्या १२ पुगेको छ भने ८ जना घाइते भएका छन् l
त्यसैगरी बाढीले बस्ति बगाउदा ६ हजार मानिसहरु घरबार बिहिन भएका छन् l उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ lबाढीका कारण मानवीय क्षतिको बारेमा केहि लेखाजोखा भएपनि भैतिक क्षतिको बारेमा भने कुनै लेखाजोखा हुन सकेको छैन l
कोरियामा हाल पनि मुसलधारे बर्षा यथावत नै छ lहेल्लो नेपाल कोरिया डटकम बाट